<

October 27, 2006

WE SHIFT

Thank’s all the blog lover who love bloggernepal much. Our Team always remember ur warm love always.
At That Time we shift In private space and change our domain as a hamroblog
So plz To meet us login
www.hamroblog.com
Again Thank U .

June 18, 2006

हामीलाइ भेट्न अब www.bloggernepal.com.np वा www.hamroblog.com मा जानुहोला है

Filed under: वाच डग

हामी अहिले आफ्नै स्पेसमा सरिसकेका छौं ।

June 11, 2006

हामी कोठा सर्‍यौं

करिव एक वर्ष भयो होला ब्लगसमको यो धर्मशालामा बसेर विचारको आदान प्रदान गर्न शुरु गरेको । यस विचमा धेरै सहयात्रिहरुले ब्लगसमको धर्मशाला छोडेर डेरामा सरेका छन् । धर्मशालमा बस्दा आर्थिक रुपमा आनन्दै हुन्थ्यो । न स्पेशको झण्झट न कसैले ह्रयाक नै गरिदेला भन्ने चिन्ता हुन्थ्यो । तर वेलाबेलामा त्यो भन्दा ठुलो मानसिक समस्या दिन्थे कहिले यो विषय किन हालेको भनेर साइट बन्द गरिदने धम्कि आउथ्यो त कहिले के भनेर । महत्वपुर्ण दिनहरुमा खुल्दै नखुल्ने समेत बन्ने गर्‍छ ब्लगसम ।
त्यसैले लामो समयको प्रयास स्वरुपआजवाट धर्मशाला छोडेर कोठाभाडामा बसेको छु । यदी तपाइले ब्लगसमको लिङ्ग प्रयोग गरीरहनुभएको छ भने अबदेखी
www. bloggernepal.com.np वा www. hamroblog.com टाइम गरी मेरो भाडामा लिएको कोठामा आउनसक्नुहुन्छ । अहिलेसम्म तपाइहरुले दिएको सहयोग र सल्लाहको लागि धेरै धेरै धन्यवाद दिँद आगामि दिनमा पनि यस्तै सहयोगका आशा गरेको छु ।
आफ्नो साइटमा मेरो लिङ्ग राखीदिएर अमुल्य सहयोग पुर्‍याइरहनुभएको साथिहरुलाइ पनि ब्ल्गसमको लिङ्ग हटाइ ब्लगर नेपाल अथवा मेरो ब्लगमा लिङ्ग गरीदिनुहुन अनुरोध गर्दछु ।

June 10, 2006

फेरी चर्कियॊ हिन्दुत्वको नारा

प्रतिनिधि सभाको घोषणा पत्र मार्फत नेपाल राज्य हिन्दु राज्यको सट्टामा धर्म निरपेक्ष बन्न पुगेपछि यसमा विचलन ल्याउन हिन्दु अतिवादीहरुले कसरी खेल खेलिरहेका छन् भन्ने विषयमा यस अघि एक ब्लग लेखेर मैले तपाइ माभ प्रष्ट्याउने प्रयास गरेको थिए । त्यसमा यसमा नेपालमा रहेका राजावादी हिन्दुको खोल ओढेका भरतकेशर िशंहको विश्व हिन्दु महासंघले भारतका विभिन्न अतिवादी हिन्दु संगठनको मिलोमतोमा धार्मिक अशहिष्णुाता फैलाउन सो घोषणाको विरोध गरिरहेका र यसलाइ नेपाल भित्रै फैलाउने प्रयास गरिएको तथ्य उल्लेख गरेको थिए । (more…)

कोइरालाको भ्रमण कति सफल ?

खोइ किन होला प्रधानमन्त्रि कोइरालाको भारत भ्रमणको विषयमा त्यत्ति सहज रुपमा विष्लेशण र टिकाटिप्पणि भएन यो पटक । किन होला मलाइ अचम्म लागीरहेको छ हिजोका दिनमा हो भने कोइराला भारत भ्रमणमा जानु एक हप्ता अगाडि र फर्किएको एक हप्तासम्म नेपाली साचारजगत पुर्ण रुपमा कोइराला मय बनेको हुन्थ्यो । तर यस पटक त्यस्तो हुन सकेको छैन । (more…)

June 9, 2006

रोजगारी दिने कोही छ

एक महिना भएछ पत्रकारवाट अलपत्रकार बनेको । दिक्क लाग्दो समय । घरमा बस्नै सकिंदैन । सडकमा हिड्ने बराल्लिने बानी परेको केको सकिन्थ्यो घरमा चुप लागेर बस्ने । अनी दैनिक घटना के भइरहेको छ त्यसमा पनि चासो लिनै पर्‍यो । नत्र पछि कसैले जागिरे दियो भने पनि रिकभर गर्न गाह्रो भइहाल्छ ।
साच्चिकै घामड हुंदो रहेछ यो पत्रकारीता पेशा । चुप लागेर बस्नै नसकिने । अब रोजगारी खोज्दै जाउं भने कहां जाउ । न आफ्नो हजुर बुबा पत्रकार बनेका थिए न बुबा काका मामा वा अरु कोही नै । यस्तो भएपछि त टिक्न पनि साह्रै गाह्रो । जस्ले जे भनेपनि चिनजान नभइ यहां योग्यताको आधारमा कसैले जागिर दिने चान्स नै छैन । जहां पनि शुभचिन्तक हुनु नै पर्ने अनी त सडकमा आएपछि उमो लान्नै गाह्रो । के गर्ने होला साह्रै अन्यौलमा पो परियो त । (more…)

लोकतन्त्रमा मधेश

Filed under: सापटी


अहिले हरेक कुरमा समावेशीको लहर चलेको छ । अब हुने संविधान सभा कस्तो हुनुपर्छ । महिलाको भाग कति जनजातिको भाग कति दलित र पिछडिएको वर्गको भाग कत्ति भन्ने बहसले मुलुक तातो बनिसकेको छ । हरेक समुह आ-आफ्नो विषयमा छलफलमा जुटीरहेका छन् । के कुरामा बढि जोड दिनु पर्छ कसरी प्रतिनिधित्व गर।उन सकिन्छ आदी विषयमा धेरै बहस भएका छन् । त्यही बहसको एक पाटाको रुपमा आज मैले पुर्व मन्त्रि जयप्रकाश गुप्ताको समावेशी लोकतन्त्रः स्वरुप र संरचनामा मधेशीका सबाल विषयको एक कार्यपत्र प्रस्तुत गरेको छु । (more…)

June 8, 2006

भ्रमणको ऐजेण्डामा पर्न नसकेको राष्ट्रियता

प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाको भ्रमण टोलिमा सहभागि अर्थमन्त्रि रामशरण महतले नेपाललाइ लोकतन्त्रको बाटोमा हिडाउन भारतले गरेको सहयोगको निक्कै गुणगान गाए । नेपाल स्वतन्त्र मुलक भएको हेर्ने भारताको सदासयता रहेको र एक छिमेकीले अर्को छिमेकीको विषयमा चिन्ता ब्यक्त गर्दा त्यसलाइ अन्यथा रुपमा लिन नहुने बताए ।
मलाइ अचम्म लागिरहेको थियो हैन महत नेपाली भ्रमण टोलिका सदस्य हुन् कि भारतीय ??
भारत भ्रमणमा राजनीतिक मात्र हैन आफ्नो जीवनको अन्तिम कालमा पुगेका कोइरालाले भारतलाइ नेपालको के के दिए त्यो त भोलिका दिनमा पक्कै देखिने नै छ तर लिन भने लिएछन् एक सय करोड । अब यसैलाइ भारतको लोकतन्त्रप्रतिको समर्थन भन्ने कि नभन्ने त्यो भने अर्कै प्रश्न हो ।
तर मेरो विचार भन्नुहुन्छ भने भारतले नेपाली जनताको स्वतन्त्रताको सम्मान गरेको छैन । विश्व इतिहासमा नमुना संघर्षको रुपमा जसरी हामीले जनआन्दोलन भाग दुइ को चर्चा भइरहेको सुन्छौ नी वास्तवमा भारतले त्यसको सम्मान गरेको छैन । आप तो महान नेता हो भन्दै एयरपार्टमार् नै लिन आउ भन्दैमा भारतले लोकतन्त्रको सम्मान गर्‍यो भन्नु भुल हो । (more…)

June 5, 2006

श्री ३ नबन गिरिजा

नेपालमा कुनै नयां प्रधानमन्त्रि नियुक्त भएकी उसको सबैभन्दा पहिलो भ्रमण गर्ने विदेशी राष्ट्रको सुचिमा भारत नै पर्छ । भारत छोडेर नेपालका नयां प्रमले अन्य कुनै राष्ट्रको भ्रमण गरेभने त्यसको चर्चा परिचर्चा नै बेग्ले ढंगले हुन्छ । कतै नेपालको बैदेशिक नीती नै परिवर्तन भएको होकी भन्ने भ्रमको खेति शुरु हुन्छ ।
त्यसैले पनि होला कोइरालाले पनि आफ्नो पहिलो भ्रमणको लागि भारत नै रोज्न पुगेका छन् । उनी ठुलै दलबल सहित भोलि २३ जेठदेखी २६ सम्म भारत जांदैछन् । तर हिजोका दिनमा नेपालका प्रमले भारत गएर के लिएर आए अनी के दिएर आउ त्यो पनि हेर्नै पर्छ ।
२०४८ पछि बनेको पहिलो सरकारका प्रम कोइराला नै थिए । उनको प्रमको रुपमा भएको भारतभ्रममा नेपालले सहयोगको आश्वासन पायो बदलामा टनकपुर गयो । प्रमले टनकपुर सन्धि नभएको बताएर जनतालाइ भ्रममा राद्यने प्रयास गरेपनि सर्वोच्च अदालतले भने त्यो सन्धि नै भएको प्रमाणित गरिदियो । एमाले सरकारको तर्फवाट पनि पहिलो भ्रमण भारत नै बन्यो । त्यसको बदलामा पनि एमालेले नेपालको नदि नै सुम्पेर आएको थियो । गण्डकि टनकपुर सबै काण्डहरु नयां प्रमको भारत भ्रमणको उपलब्धिको रुपमा नेपालको इतिहासमा सुचिकृत भइसकेको छ । (more…)

June 4, 2006

सरकारलाइ सर्वोच्चको प्रतिगामि झापड

कल कहे आज आज कहे अभि धन्ने हिन्दी उखाको महत्व के रहेछ सायद आज गिरिजाप्रसाद कोइरालाको यो मन्त्रिपरिाषद्का सदस्यले बुझे होलान् । जनताले निरंकुशताको पक्षमा लागेकाहरुलाइ कार्वाही गरी अबको दिनमा कहिल्यै टाउको उठाउनै नसक्ने गरी सवक सिकाउने म्याण्डेट दिएर सत्तामा पठाए पनि उनीहरुले सिमित ब्यक्तिलाइ मात्र कार्वाही गरे । सेनालाइ छुन समेत सकेनन् न्यायिक रुपमा अतिमहत्वपुर्ण सर्वोच्च अदालतका निरंकुशताका मतियारलाइ खुल्ला साढे झै सडकमा नै छोडिदिए । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त केशवराज भण्डारी पनि शुरक्षित नै रहेका छन् । तुल्सि गिरी, सच्चितशमशेर राणा, भरतकेशर सिंह अभै सडकमा नै खुल्ला रुपमा हिडिरहेका छन् ।
सायद दलका नेतालाइ यि निरंकुशताका पुजारीमाथि दया लाग्यो होला । अनी भइगयो सुध्रिएलान् कि भनेर वास्ता गर्न छोडेका होलान् । तर त्यसो गर्दा लोकतान्त्रिक सरकारमाथि कति खतरा हुन्छ भन्ने आज सर्वोच्चले देखाइदिएको छ । जनतामाथि लाठी, बुट, अश्रूंग्यास र गोली हान्ने नीति बनाएका र जनताका अधिकारमा धावा बोल्ने राजाको सक्रिय शासनका तीन सहयोगीलाइ आज दिलिपकुमार पौडेल सहितको इनलासले रिहा गर्न आदेश दिएर लोकतान्त्रिक सरकारको मुखमा छापड हानेको छ । यसले अदालत अझै जनताको भावना विपरित नै चलिरहेको पुष्टि भएको छ । (more…)

June 3, 2006

हिन्दुवादको नारा भारतको कमाल

लोकतान्त्रिक ब्यवस्थाले केही गति लिनथालेपछि राजाको प्रत्यक्ष शासनकालमा सकि्रय समर्थकहरु विभिन्न बहानामा देशलाइ अस्थिर बनाउन लागिपरेका छन् । उपत्यकाको लुटपाटको भित्रि कुरो त हिजो लेखिहाले आज धर्मको नाममा को को राजालाइ बलियो बनाउने सपना देखेका छन् त्यो उल्लेख गर्ने प्रयास गरेको छु ।
प्रतिनिधि सभा घोषणा पत्र २०६३ वाट हिन्दु सम्राटको हिन्दु राज्य एकाएक धर्म निरपेक्ष बनेपछि त्यसको विरोधमा हिन्दु आउ देश वचाउ भन्दै झिनामसिना प्रदर्शन गरिरहेका छन् । हिन्दु धर्मको बहाना गर्दै पहिलो लुगा लगाएका केही झुण्डहरुले माइतिघर मण्डला पशुपति आदिमा विरोध प्रदर्शन भइरहेको छ । उनीहरुको माग प्रतिनिधि सभाको घोषणा पत्रमा रहेको धर्म निरपेक्ष राज्य परिवर्तन गरी हिन्दु राज्य नै उल्लेख गर्नुपर्यो रे । किन भन्दा उनीहरुको एउटै जवाफ छ विश्वमा अन्त कतै हिन्दु राज्य छैन रे त्यसैले नेपाललाइ हिन्दुहरुको आस्थाको केन्द्र बनाउनु पर्यो रे । (more…)

June 1, 2006

के होला त भोलि

आज बर्षको कुरा नगरौं । तर महिना गते अनी बारलाइ हेरौ त । हेर्नुभयो हो त्यही महिना त्यही वार अनी त्यही गते हो भोलि जेष्ठ १९ गते शुक्रवार । नेपालको राजसंस्थासंग प्रत्यक्ष रुपमा गासिएको महिना गते र दिन हो यो ।
पछाडि फर्किएर हेरौ न । नेपालमा भण्डारखाल पर्व पछिको सबैभन्दा आश्चर्य लाग्दो सामुहीक हत्याकाण्ड यसै महिना यसै गते र यसै बार भएको थियो । नेपाल यसरी अनिश्चयको खाडलमा जाकिनुमा त्यो दरवार हत्याकाण्डको ठुलो हात रहेको छ । यदी दरवार हत्याकाण्ड नभएको भउ न ज्ञानेन्द्रलाइ कागतालिमा राजाको गद्धि मिल्थ्यो न जनताको अधिकार बन्दकी नै बन्थ्यो । (more…)

May 31, 2006

आयो बन्दुक दल

२००७ सालको राजनीतिक परिवर्तनसंगै प्रजातान्त्रिक सरकारलाइ अस्थिर बनाउन खुकुरी दलको जन्म भएको थियो । खुकुरी दलको काम नै आतंक शुरु गरी बहुदलीय प्रजातन्त्रलाइ बदनाम गराउने थियो । यसमा राणाकालका भरत शम्शेर राणा कि्रयशिल रहेका थिए । अनी उनलाइ त्यसवेला दरवारले सहयोग पुर्याएको इतिहासकारले लेखेको पानामा कैद तथ्यले देखाउंछ । खुकुरी दलको पहिलो निसाना थियो तत्कालिन गृहमन्त्रि विपि कोइराला । कोइरालामाथि सांघातिक आक्रमणका लागि कोइरालाको निवासमा पुगेका जत्थामाथि कोइराला आफैंले गोलि प्रहार गरेका थिए । त्यो क्रममा एक जनाको मृत्यु पनि भएको थियो । (more…)

सेम ….सेम… सेम…

लोकतान्त्रिक सरकार अथवा भनौं नेपाल सरकारका मन्त्रिहरुको चाला हेर्दा एउटा पुरानो गित याद आयो यस्तै रहेछ यहांको चलनु जत्ति गरेपनि यो चलन कसरी फेरीनु । कुकुरको पुच्छर जत्ति वर्ष ढुंग्रोमा राखेपनि बाङ्गाको बाङ्गै भनेको यहि त होनी । आन्दोलन गर्ने जनता गोलि खाने जनता अनी परिवर्तनका बाहक पनि जनता नै हुन् । जनआन्दोलन भाग दुइ मा शुरक्षाकर्मीले गरेको ज्यादतिका ज्युदा साक्षिहरु अहिले पनि विभिन्न अस्पतालको बेडमा छट्पटाएर बसिरहेका छन् । तर यि नकचरा मन्त्रिहरु भने आन्दोलनमा के के न गरे झै सम्मानीत हुंदै माला पहिरिएर हिडिरहेका छन् ।
हुन त आयोजकहरुले सम्मानमा चकरीको माला पहिर्याइ दिएका हुन् । तर नेताहरु भ्रमवाट मुक्त भएहुन्छ त्यो हिजडा बन्न सफल भएकोमा सम्मानीत गरिएको हो । हैन भने लौ न त जनआन्दोलनको तथ्यांक पल्टाएर हेरौ कुन नेताको टाएको फुट्यो कुन नेताको छातिमा गोलि लाग्यो अनी कुन नेता शुरक्षाकर्मीको लाठिवाट मरणासन्न हुनेगरी पिटियो
अंह त्यो लिष्टमा यि अहिले मन्त्रि बनेका कसैको पनि नाम छैन । मन्त्री बनेकाहरुमध्ये एकाध अनुहार मात्र आन्दोलनमा देखिएको थियो । तर अहिले उनीहरु नै सम्मानीत हुंदै हिडेका छन् नकचरा मोराहरु । (more…)

May 30, 2006

बन्दुक रोकिए पनि मुख रोकिएन

सरकारी पक्ष र माओवादीविच पहिलो वार्ता भएर आंचार संहिता जारी भएको दुइ दिनपनि वित्न नपाउंदै दुबै पक्षले आचारसंहिताको उलंघन शुरु भएको देख्दा अचम्म लागेको छ । त्यो पनि अन्यवाट हैन वार्ता टोलिका दुबै संयोजकहरुवाट नै । तर धेरै अचम्म मानेर के गर्ने यो नेपाल हो जहां जुनसुकै बेला जे पनि हुनसक्छ हैन र ?
२५ बुंदे सो आचार संहिताको कुनै बुंदामा दुबै पक्षविच असमझदारी निर्माण नहोस् र सौहार्दपुर्ण ब्यबहारमा कुनै खलल नपुगोस् भनेर एक बुंदा दुबै पक्षको विरुद्धमा उत्तेजक बक्तब्य नदिने अलोचना नगर्ने उल्लेख छ । तर ब्यबहारमा कत्तिको कार्यान्वयन हुने रहेछ भन्ने त देखिइहालियो नी । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Lava Life Dating Reviews
Lava Life Dating Reviews
eXTReMe Tracker